काठमाडौं, ५ चैत । साताको दास्रो कारोबारको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३ दशमलव २७ अङ्कले बढेको छ । सोमबार नेप्से परिसूचक ३ दशमलव २७ अङ्कले बढेर २ हजार ७३ दशमलव ३३ को बिन्दुमा बन्द भएको छ ।
आज ७४ लाख ५९ हजार ४ सय २४ कित्ता शेयर किनबेच हुँदा कुल २ अर्ब ८८ करोड ५६ लाख ३७ हजार ८ सय १८ रुपैयाँको कारोबार भएको छ । ३ सय ३ धितोपत्रको कारोबार हुँदा १ सय ४८ धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ८६ धितोपत्रको मूल्य घटेकोे छ भने ९ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ९ वटा समूहको उपसूचक बढेको छ भने चार वटा समूहको उपसूचक घटेकोे छ । आज होटल र टुरिजम, जलविद्युत, , व्यापार, लघुवित्त, वित्त समूह, विकास बैंक, जीवन बीमा समूह र म्यूचुअल फण्ड समूहको उपसूचक बढेको छ । यस्तै बैंक, लगानी, उत्पादन र निर्जीवन बीमा समूहको उपसूचक घटेको छ ।
आज गोर्खाज फाइनान्स लिमिटेड, सप्तकोशी विकास बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । त्यस्तै पीपुल्स पावर लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेय मूल्यमा पनि सकारात्मक सर्किट ब्रेक लागेको छ । सोमबार पीपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको ९ दशमलव ९९ प्रतिशत, मिड सोलू हाइड्रोपावरको ७.१४, हिमालयन हाइड्रोपावर तथा उन्नति सहकारी लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.२३ प्रतिशत र ग्लोबल आईएमई लघुवित्त वित्तीय सस्थाको ४ दशमलव ८१ प्रतिशतले शेयरमूल्य बढेको छ ।
सोमबार मानुषी लघुवित्त वित्तीय संस्थाको ५ दशमलव १५ प्रतिशत, एनएमबी बैंकको २.७३, सिंगटी हाइड्रो इनर्जीको २.४४, माण्डु हाइड्रोपावरको २.३४ र त्रिसुली जलविद्युत कम्पनी लिमिटेडको २ दशमलव ०४ प्रतिशतले शेयर मुल्य घटेको छ ।