काठमाडौं, ५ चैत । गण्डकीमा प्रदेशसभा सदस्य दीपक मनाङेले भौतिक पूर्वाधार तथा यातायात मन्त्री पदको शपथ लिएका छन् । सोमबार प्रदेश प्रमुख डिल्लीराज भट्टले मनाङेलाई पद तथा गोपनीयताको शपथ खुवाएका हुन् ।
केन्द्रमा एमाले र माओवादी केन्द्रको सत्तागठबन्धन बने पनि गण्डकीमा नेपाली कांग्रेसले प्रदेशसभामा आफैं बहुमत पु¥याउने गरी तयारी गरिरहेको छ । त्यसकै सिलसिलामा मनाङबाट स्वतन्त्र रुपमा जितेका दीपक मनाङेलाई मन्त्री बनाएका हुन् ।
चुनाव जितेपछि एकीकृत समाजवादीमा प्रवेश गरेका मनाङेले सोमबार मात्र पार्टी छाडेको घोषणा गरेका थिए ।