काठमाडौं, ६ चैत । टेस्ला कम्पनीका मालिक तथा अमेरिकी धनाढ्य एलन मस्कले कम्पनीका लागनीकर्ताको हितका लागि ड्रग्स सेवन गर्ने गरेको बताएका छन् । मस्कले सीएनएनमा डन लेमनसँगको अन्तवार्तामा टेस्लाका लगानीकर्ताको हितका लागि ‘केटामाइन’ नामक ड्रग सेवन गर्ने गरेको बताएका हुन् । उनले यो ड्रग चिकित्सकको सल्लाहमा सेवन गर्ने गरेको समेत बताएका छन् ।
यस्तै उनले ड्रगले डिप्रेसन जस्तो नकारात्मक केमिकल अवस्थालाई व्यवस्थापन गर्न सजिलो भएको उक्त अन्तवार्तामा बताएका छन् । अन्तवार्तामा उनले भनेका छन्, ‘यदि लगानीकर्ताका लागि केहि गर्नु पर्छ भने त्यो गर्छु र म त्यो औषधि सेवन गरिरहने छु ।’
उनले प्रत्येक साता सानो परिमाणमा केटामाइन सेवन गर्ने गरेको स्वीकार गरेका छन् । मस्कले‘ द डन लेमन सो’सँगको साझेदारी अन्त्य गरेको घोषणा गरेपछि लेमनले युटुब र एक्समा उक्त अन्तवार्ताको अंश सेयर गरेका हुन् ।
उक्त भिडियोमा मस्कले आफुले केटामाइनको ओभरडोज भने नलिने गरेको बताएका छन् । ‘यदि तपाइ धेरै मात्रामा केटामाइन प्रयोग गर्नु हुन्छ भने काम गर्न सक्नुहुन्न । मलाई धेरै काम गर्नुपर्ने हुन्छ र म दिनको १६ घण्टासम्म काम गर्छु ।’
यस्तै उनले सो अन्तवार्तामा आफुमा डिप्रेसनको समस्या वंशाणुगत भएको र केटामाइनको सेवनले आफ्ना कम्पनीहरु र सरकारसँगको सम्झौतामा कुनै पनि प्रभाव नपार्ने बताएका छन् । गत जनवरी महिनामा बालस्ट्रिट जर्नले मस्कले एलएसडी, कोकिन,साइक्लेडिक मसरुम जस्ता लागू औषध सेवन गर्ने गरेको र यसबाट उनका कम्पनीका कार्यकारी तथा सञ्चालक समितिका सदस्यहरु आजित भएको अनुसन्धानमुलक प्रतिवेदन सार्वजनिक गरेको थियो ।