काठमाडौं, ६ चैत । चालू आर्थिक वर्ष २०८०÷८१ को आठ महिनामा ११ खर्ब भन्दा धेरै वैदेशिक व्यापार भएको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्ष २०८०÷८१ को फागुनसम्म्मा कुल ११ खर्ब ३० अर्ब ८४ करोड १ लाख ४४ हजार रुपैयाँको वैदेशिक व्यापार भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा तुलनामा २ दशमलव ७८ प्रतिशतले कम हो । गत आवको फागुनसम्ममा ११ खर्ब ६३ अर्ब १८ करोडभन्दा धेरै व्यापार थियो
विभागका अनुसार चालू आवको आठ महिनासम्म्मा नेपालले ९ खर्ब २९ अर्ब ६० करोडभन्दा धेरै व्यापार घाटा बेहोरेको छ, जुन गत आवको फागुनसम्मको तुलनामा २ दशमलव ५२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा नेपालले ९ खर्ब ५३ अर्ब ५८ करोड रुपैयाँभन्दा धरैको व्यापार घाटा बेहोरेको थियो ।
यस्तै फागुनसम्म्मा नेपालमा कुल १० खर्ब ३० अर्ब २२ करोड २६ लाख ९९ हजार रुपैयाँको वस्तु आयात भएको छ, जुन गत आवको सोही अवधिको तुलनामा २ दशमलव ६६ प्रतिशतले आयात घटेको हो । गत आवको आठ महिनासम्ममा नेपालले १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँभन्दा बढीको वस्तु आयात भएको थियो ।
चालू आवको आठ महिनामा नेपालबाट विभिन मुलुकमा कुल १ खर्ब ६१ करोड ७४ लाख ४५ हजार रुपैयाँको वस्तु निर्यात भएको छ, जुन, गत आवको सोही अवधिको तुलनामा ३ दशमलव ९९ प्रतिशतले प्रतिशतले निर्यात घटेको हो । गत आवको फागुनसम्ममा नेपालबाट १ खर्ब ४ अर्ब ७९ करोड रुपैयाँभन्दा धेरैको वस्तु निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।