काठमाडौं, ७ चैत । राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनित भएका छन् । बुधबार बसेको राष्ट्रियसभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिमा सात जना मनोनित गिरेका हुन् ।
समितिमा मनोनित हुनेमा आनन्दप्रसाद ढुंगाना, गोपीबहादुर सार्की अछामी, तुलप्रसाद विश्वकर्मा, भगवती न्यौपाने, मदनकुमारी साह, मोहम्मद खालिद, शेखरकुमार सिंह रहेका छन् ।
राष्ट्रियसभा अध्यक्ष दाहालको प्रस्ताव बैठकले पारित पनि गरेको छ । राष्ट्रियसभा अध्यक्ष दाहालले राष्ट्रियसभा नियमावली, २०७५ को नियम १३ को उपनियम १ बमोजिम कार्यव्यवस्था परामर्श समितिमा सदस्यहरू मनोनित गरेका हुन् ।