काठमाडौं, ९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू समाजवादी मोर्चामा सहभागी नहुने बताएका छन् ।
शुक्रबार सिंहदरबारमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तापछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने बताए ।
शुक्रबार बिहान बालुवाटारमा बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई समेत मोर्चामा सहभागी गराउनेबारे छलफल भएको थियो ।
मोर्चाको संयोजक विप्लवले यसबारे बिहीबार साँझ बालकोटमै पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए । तर, ओलीले एमाले समाजवादी मोर्चामा सहभागी नहुने शुक्रबार प्रस्ट पारेका छन् ।
हाल समाजवादी मोर्चामा माओवादी केन्द्रसहित एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लव नेतृत्वको नेकपा सहभागी छन् ।