काठमाडौं, १३ चैत । नेपाली कांग्रेसले उपनिर्वाचनको उम्मेदवार आगामी चेत १८ गते चयन गर्ने भएको छ । कांग्रेसले १५ वैशाखमा हुने प्रतिनिधि सभाअन्तर्गत इलाम–२ र बझाङको प्रदेश सभा (क) सदस्यका लागि हुने उपनिर्वाचनको उम्मेदवार १८ चैतमा चयन गर्ने निर्णय गरेको हो ।
कांग्रेसले कसलाई उम्मेदवार बनाउने भन्ने बारे निर्णय गरिसकेको छैन । कांग्रेसमा संसदीय बोर्डले उम्मेदवार चयन गर्ने विधानको व्यवस्था छ ।