काठमाडौं, १३ चैत । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै उक्त दलले आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको हो ।
हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार २०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो । हाल प्रदेशको राजनीतिक परिदृश्यमा आएको फेरबदललाई मध्येनजर गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिएको नेता बज्राचार्यले बताए ।
उनका अनुसार समर्थन फिर्ता लिएको जानकारीको बोधार्थ मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय हेटौँडा, बागमती प्रदेश सभा सचिवालय हेटौँडालाई समेत दिएको छ ।