काठमाडौं, १३ चैत । मंगलबार नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक १० दशमलव १४ अङ्कले बढेर २ हजार ४१ दशमलव ७० को विन्दुमा बन्द भएको छ ।
आज ६८ लाख ४२ हजार ३ सय ९२ कित्ता शेयर ४९ हजार ५ सय १२ पटक किनबेच हुँदा कुल २ अर्ब ३५ करोड ४३ लाख ४८ हजार ५ सय ३ रुपैयाँको कारोबार भएको छ । मंगलबार ३ सय १० धितोपत्रको कारोबार हुँदा १ सय ६८ धितोपत्रको मूल्य बढको छ । त्यस्तै ६८ धितोपत्रको मूल्य घटेको छ भने १० धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक घटेको छ । त्यस्तै तिन वटा समूहको उपसूचक बढेकोे छ । आज उत्पादन समूहको उपसूचक २ दशमलव ११ प्रतिशतले बढेको छ । त्यस्तै हाइड्रोपावरको १.५८, बैंकको ०.४प्रतिशत, विकास बैंकको ०.५८, होटल र टुरिजमको ०.४७, म्युचुअल फन्डको ०. ४६, लगानीको ०.४५, लघुवित्तको ०.४२, निर्जीवन बीमाको ०.०२ र अन्य समूहको उपसूचक ० दशमलव ११ प्रतिशतले बढेको छ । यसैगरी जीवन बीमा समूहको उपसूचक ० दशमलव १८ प्रतिशत, व्यापार समूहको ०.१४ र फाइनान्स समूहको उपसूचक ० दशमलव ६ प्रतिशतले घटेको छ ।
आज डोल्टी पावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यस्तै सर्वाेतम सिमेन्टको ९ दशमलव ९९, वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ९.४३, पीपुल्स पावर लिमिटेडको ७.७३, थ्री स्टार हाइड्रोपावरको ६. ७६ र रिभर फल्स पावर लिमिटेडको ६ दशमलव ५२ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार धौलागिरी वित्तीय संस्थाको ९ दशमलव ३५ प्रतिशतले शेयर कारोबार घटेको छ । त्यस्तै भगवती हाइड्रोपावरको ४.७५, कुमारी धनवृद्धिको ४.३६, लक्ष्मी भ्यालु फन्ड २ को ३.६८ प्रतिशत र मानसषी लघुवित्तको ३ दशमलव ०६ प्रतिशतले शेयर मूल्य घटेको छ ।