काठमाडौं, १४ चैत । फोनपे पेमेन्ट र्सिर्भस प्रालि र जीएलएन इन्टरनेसनल(विश्वव्यापी भुक्तानी नेटवर्क)बीच नेपाल र कोरियाबिचको क्रस बोर्डर क्यूआर भुक्तानी प्रदान गर्ने सम्बधी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
फोनपे र जीएलएनको उक्त सम्झौताले कोरियाबाट नेपाल आउने पर्यटकहरूले नेपालमा क्यूआर भुक्तानी गर्न सक्ने छन् । कोरियाबाट नेपाल आउने जीएलएन प्रयोगकर्ताहरूले हाना वान क्यू, केबी वालेट,आइएम बैंक,टस हाना मनि जस्ता बैंकिङ एप्स मार्फत फोनपेको तेह्र लाख अफलाइन स्टोरहरूमा क्यूआर भुक्तानी सेवाहरू प्रयोग गर्न सक्छन् ।
सम्झौता अन्तर्गत दुई कम्पनीहरूले नेपाल र कोरियामा आफ्ना सहभागी सदस्यहरू बीच क्रस बोर्डर क्यूआर कोडमा आधारित भुक्तानी सहज बनाउने, भुक्तानी प्रशोधन स्विचलाई एकीकृत गर्न आवश्यक नियामक, परिचालन प्राविधिक र व्यावसायिक सम्भाव्यता अन्वेषण गर्नेछन्।
सम्झौतापत्रमा हस्ताक्षर गर्दे फोनपेका सीईओ दिवस कुमारले सहकार्यले नयाँ अवसरहरू खोल्न प्राविधिक सहयोग गर्ने, वित्तीय समावेशिता बढाउन तथा नेपाललाई एक सफल डिजिटल अर्थतन्त्र सिर्जना गर्नमा सहयोग पु¥याउने बताए ।