काठमाडौं, १४ चैत । प्रहरी महानिरीक्षक (आईजीपी) वसन्त कुँवरले अनुसन्धानमा सहयोग नगर्न सक्ने आशंकामा पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरेको स्पष्टीकरण दिएका छन् ।
बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिकोे बैठकमा महरा भाग्न खोजेकाले पक्राउ गरेको हो भन्ने सांसदहरुको प्रश्नतर्फ संकेत गर्दै उनले भने, ‘म त्यो शब्द त प्रयोग गर्दिन, तर उहाँले सहयोग नगर्ने हो कि भन्ने आभास भयो ।’
यस्तै उनले बैठकमा सुन तस्करीबारे जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा गइसकेको बताए ।
महरा निजी सुरक्षाकर्मी र गाडी छाडेर हिँडेपछि प्रहरीले पक्राउ गरेको कुँवरको भनाई छ । उनले भने, ‘यो सुरुदेखि नै अनुसन्धानमा आएको विषय थियो, आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने विषयमा संवेदनशील बन्यौं, कानूनी दायरामा ल्यााउनुपर्छ भन्ने हिसाबमा गयौं । सक्रममा गाडी छाडेर हिँड्नुभएपछि ल्याएका हौं ।’
प्रहरीले महरालाई ५ चैतमा कपिलवस्तुको सीमा क्षेत्र नजिक पकडीबाट पक्राउ गरेको थियो । त्यसबेला महरा रोल्पास्थित घर जाने भन्दै काठमाडौंबाट हिँडेका थिए । पक्रउ परेको ५ दिन नवित्दै महरालाई स्वास्थ्य अवस्था लगायतलाई कारण देखाउँदै सरकारी वकिलले हाजिरी जमानतमा छाडेको थियो
उक्त बैठकमा महराले भने, ‘पछिल्लो अवस्थामा हिरासतमा बस्दा बस्दै अर्को घटना हुनसक्ला भन्ने हिसाबले पनि बाहिर राखेर अनुसन्धान ग¥यौं, यसमा कुनै दबाब प्रभाव हुँदै होइन, तथ्यका आधारमा अनुसन्धान गर्छौं । प्रभाव दबाबको आधारमा होइन ।’