काठमाडौं, १४ चैत । मंगलबार १० दशमलव १४ अङ्कले बढेको नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । बुधबार नेप्से परिसूचक १० दशमलव ८३ अङ्कले घटेर २ हजार ३० दशमलव ८६ को विन्दुमा बन्द भएको छ ।
आज ६८ ६० लनख ४७ हजार २१ कित्ता शेयर ४४ हजार २ सय ४९ पटक किनबेच हुँदा कुल २ अर्ब २३ करोड ५४ लाख ८५ हजार ५ सय ३४ रुपैयाँको कारोबार भएको छ । बुधबार ३ सय १० धितोपत्रको कारोबार हुँदा १ सय ८८ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ५१ धितोपत्रको मूल्य बढेको छ भने ६ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये उत्पादनमुलक समूहको उपसूचचक बाहेको सबै उपसमूहको उपसूचक घटेको छ । आज फाइनान्स समूहको सबैभन्दा बढी १ दशमलव ७२ प्रतिशतले उपसूचक घटेको छ । त्यस्तै व्यापार समूहको १ ६०, विकास बैंकको १.२०, जीवन बीमाको ०.७९, होटल एन्ड टुरिजमको ०.७४, लघुवित्तको ०.६९, लगानी समूहको ०.६८, निर्जीवन बीमाको ०.५८, बैंकको ०.५६, हाइड्रोपावरको ०.३७, म्युचुवल फन्डको ०.०९ र अन्य समूहको ० दशमलव ५३ प्रतिशतले उपसूचक घटेको छ ।
आज उत्पादनमुलक समूहको उपसूचक मात्रै ०.९१ प्रतिशतले बढेको छ ।
बुधबार सर्वाेत्तम सिमेन्टको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागिेको छ । यस्तै हिमालयन ८०–२० को शेयर मूल्य ९ दशमलव ९३ प्रतिशत, इस्टर्न हायड्रोपावरको ७.२४, पीपुल्स पावरको ५.२२ र बलेफी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४ दशमलव २७ प्रतिशतले बढेको छ ।
यस्तै आज कालिका लघुवित्त वित्तीय संस्थाको ५ दशमलव ५६ प्रतिशत, सृजनशिल लघुवित्त वित्तीय संस्थाको ३.९६, उन्नती सहकारी लघुवित्तको ३.७३, सपोर्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको ३.६९ र नेपाल रिपब्लिक मिडिया लिमिटेडको ३ दशमलव ६० प्रतिशतले शेयर मूल्य घटेको छ ।