काठमाडौं, १५ चैत । नप्से काठमाडौं, १३ चैत । साताको अन्तिम दिन नेपाल स्टक उब्सचेन्ज (नेप्से परिसूचक) ४ दशमलव ७८ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ४ दशमलव ७८ अङ्कले बढेर २ हजार ३५ दशमलव ६४ को विन्दुमा बन्द भएको छ ।
आज ६६ लाख १४ हजार ४ सय ४५ कित्ता शेयर ५३ हजार ६ सय १९ पटक किनबेच हुँदा कुल २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ रुपैयाँको कारोबार भएको छ । बिहिबार ३ सय १३ धितोपत्रको कारोबार हुँदा १ सय २० धितोपत्रको मूल्य बढको छ । त्यस्तै १ सय १५ धितोपत्रको मूल्य घटेको छ भने १० धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ८ वटा समूहको उपसूचक बढेको छ । त्यस्तै ५ वटा समूहको उपसूचक घटेको छ । आज उत्पादनमुलक समूहको उपसूचक २ दशमलव ४० प्रतिशतले बढेको छ । यस्तै लगानी समूहको ०.८२, फाइनान्सको ०.४८, म्युचुवल फन्डको ०.३५, हाइड्रोपावरको ०.३२, जीवन बीमाको ०.२८, विकास बैंकको ०.१६ र अन्य समूहको उपसूचक ०.२७ प्रतिशतले बढेको छ ।
त्यस्तै निर्जीवन बीमा समूहको उपसूचक ०.६६, लघुवित्तको ०.४८, होटल एन्ड टुरिजमको ०.२४, बैंकको ०.१२ र व्यापार समूहको उपसूचक ०. १४ प्रतिशतले घटेको छ ।
आज हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ । यस्तै सर्वाेत्तम सिमेन्टको ९.९६, हिमालयन हाइड्रोपावरको ९.७३, साम्लिगं पावरको ८.०७, पीपुल्स पावरको ७.४४, रिभर्स फल्स पावरको ७.०६, अपर लोहर खोला हाइड्रोपावरको ६.६१ र राप्ती हाइड्रो एन्ड जनरल कन्ट्रक्सनको ५.०७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बिहिबार उन्न्ती सहकारी लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सकिृट लागेको छ । त्यस्तै हिमालयन ८०२० को ६.८०, जोशी हाइड्रोपावरको ३.३४ र मैलुङ खोला जनविद्युतको ३.२८ प्रतिशतले शेयर मूल्य घटेको छ ।