काठमाडौं, १६ चैत । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री खुला गरेको छ । शुक्रबार बैंकले एक सूचना जारी गर्दै न्यूनतम मूल्य प्रतिकित्ता १५० रुपैयाँका दरले ६८ हजार कित्ता संस्थापक सेयरको बिक्री खुलाएको हो । बैंकका संस्थापक सेयरधनीले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न निवेदन दिएका थिए ।
संस्थापक सेयर खरिद गर्न सानिमाकै अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछने बैंकले जनाएको छ । आज (चैत १६) देखि ३५ दिनभित्र आवश्यक कागजात संलग्न गरी बैंकको केन्द्रीय कार्यालय नक्सालमा आवेदन दिनुपर्नेछ ।
तोकिएको समयमा संस्थापक सेयरधनीबाट आवेदन नपरे अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुलाइने बैंकको सूचनामा उल्लेख छ।