काठमाडौं, १६ चैत । आन्तरिक राजस्व विभागले आगामी आर्थिक वर्षको कर नीतिको सुझाव मागेको छ । विभागले आर्थिक वर्ष २०८१÷८२ को आर्थिक ऐन तथा बजेट तर्जुमाका सन्दर्भमा गठित राजस्व परामर्श समितिलाई सुझाव दिने प्रयोजनका लागि अर्थविज्ञ तथा सर्वसाधारणसँग राजस्व नीतिको सुझाव माग गरेको हो ।
विभागका अनुसार आयकर, मूल्य अभिवृद्धि कर,अन्तःशुल्क शिक्षा सेवाशुल्क, विद्युतीय सेवा कर (डीएसटी), ई–कमर्समा लगाइने करलगायत आर्थिक ऐनबमोजिम लगाइने अन्य आन्तरिक कर तथा समग्र कर प्रणाली सुधारका विषयमा नीतिगत र कानुनी सुधार तथा प्रक्रियागत सरलीकरणसम्बन्धी सुझाव माग गरेको छ । आयोगका सञ्चार ठेगानामा तोकिएको मितिमा सुझाव पठाउन भनिएको छ ।