काठमाडौं, १८ चैत । नेपाली कृषि वैज्ञानिकहरूको साझा संस्था सोसाइटी अफ एग्रिकल्चरल साइन्टिस्ट (सास) नेपालले राष्ट्रिय सम्मेलन गर्ने भएको छ । “कृषिमा रूपान्तरणका लागि अनुसन्धान प्रणाली” भन्ने मूल नाराका साथ आगामी बुधबार आठौँ साधारण सभा गर्न लागिएको हो ।
सम्मेलनमा करिब पाँच सय जनाको उपस्थिति हुनेछ । यस्तै नेपालको कृषि अनुसन्धान प्रणालीलाई सबल र सुदृढ बनाई मुलुकको आर्थिक विकासको लक्ष्यमा योगदान पुर्याउन कार्यक्रमले उदेश्य रहेको छ ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा कालिकाप्रसाद उपाध्यायका अनुसार उक्त सम्मेलनले नयाँ नेतृत्व चयन गर्नुका साथै कृषि वैज्ञानिकको हकहितको लागि आवश्यक नीति तथा योजना तर्जुमा गर्नेछ ।