काठमाडौं, १८ चैत । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् । आइतबार बसेको संवैधानिक परिषद्को बैठकले राय लाई महालेखा परीक्षकमा नियुक्त गर्न सिफारिस गरेको हो ।
राया हाल राष्ट्रिय तथ्यांक कार्यालयमा प्रमुख तथ्यांक अधिकारी (सचिव)को रुपमा कार्यरत छन् । उनी पूर्व अर्थसचिव समेत भइसकेको छन् । अब उक्त सिफारिसलाई संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि उनी महालेखापरिक्षक नियुक्त हुने छन् । महालेखापरिक्षकको कार्यकाल ६ वर्षको हुनेछ ।
गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि उक्त पद रिक्त रहेको थियो ।