काठमार्डौं, १८ चैत । नेकपा एमालेकी सांसद विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराउनुमा लापरर्वाही रहेको बताएकी छन् । आइतबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै भट्टराईले उत्तरपुस्तिका हराउनुमा चरम लापर्वाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही गर्न माग गरेकी छन् ।
यस्तै उनले नजिता पर्खिरहेका विद्यार्थीले पुनः परीक्षा दिनुपर्ने अवस्था आउनु गम्भीर भएको बताइन् ।
प्रतिनिधि सभाको बैठकमा उनले भनिन्, ‘२०८० वैशाखमा स्नातक तह प्रथम वर्षको मानविकी तथा सामाजिकशास्त्र संकायअन्तर्गत जनसङ्ख्या तथा स्वास्थ्य र फाउन्डेसन अफ एजुकेसनको परीक्षा दिएका विद्यार्थीहरू नतिजा पर्खिरहेका थिए । तर, उनीहरूले नतिजा होइन, उत्तरपुस्तिका हराएको र पुनः परीक्षा दिनुपर्ने निर्देशनसहितको सूचना त्रिविले प्रकाशित गरेको छ । १८३ विद्यार्थीको उत्तर पुस्तिका हराएको भन्ने समाचारले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको छ । यस प्रकारको चरम लापर्वाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाहीसमेत माग गर्दछु, ।’
साथै उनले उनले क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय व्यवस्थित बनाई क्लस्टरिङ बेसिसमा कपी जाँच गर्ने प्रणाली विकास गरी समयमा नतिजा प्रकाशन गर्ने प्रणालीको विकास गर्न त्रिविको पुनर्संरचना गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।