काठमाडौं, १८ चैत । साताका कारोबारको सुरुको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) १७ दशमलव ३० अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७ दशमलव ३० अङ्कले घटेर २ हजार १८ दशमलव ३३ को विन्दुमा बन्द भएको छ ।
आज ७९ लाख ५७ हजार ६ सय ५९ कित्ता शेयर ६७ हजार ४४ पटक किनबेच हुँदा कुल ३ अर्ब २० करोड ५३ लाख ३२ हजार ३ सय २४ रुपैयाँको कारोबार भएको छ । आइतबार ३ सय १६ धितोपत्रको कारोबार हुँदा १ सय ७२ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६३ धितोपत्रको मूल्य बढेको छ भने १० धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ ।
आइतबार माया खोला हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागिेको छ । त्यस्तै गरिम डिबेन्चर–२०८५ को ८ दशमलव ०८, उन्नती सहकारी लघुवित्त वित्तीय संथा लिमिटेडको ७.७४, ज्योती विकास बैंक बोन्ड–२०८७ को ७.५३, मंदाकिनी हाइड्रोपावरको ७.०८, राप्ती हाड्रो एन्ड जनरल कन्ट्रक्सन वा इनग्वा हाइड्रोपावरको ६.४३ र वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ दशमलव ८३ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज सर्वाेत्तम सिमेन्टको ९ दशमलव ९९ प्रतिशतले शेयर कारोबार घटेको छ । त्यस्तै बोतलर्स नेपाल (बालाजु) लिमिटेडको ७.६४, सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको ५.८२, थ्री स्टार हाइड्रोपारको ५.३३, किसान लघुवित्त वित्तीय संस्थाको ४.३० र आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको ४.२९ प्रतिशतले शेयर मूल्य घटेको छ ।