काठमाडौं, १८ चैत । काठमाडौं हेटौँडा काठमाडौँ जोडिने (कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली) सडक आजदेखि अनिश्चित कालका लागि सवारी सञ्चालन बन्द गरिएको छ ।
इन्द्र सरोवर गाउँपालिकाको ३ नं. वडा कार्यालयले एक सूचना जारी गर्दै उक्त खण्डको सडकको स्तरोन्नतिका गर्नुपर्ने भएको कारण सवारी साधनको आवागमन बन्द गरिएको बताएको छ । हाल उक्त सडक खण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्रे तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्र सरोवर गाउँपालिका वडा कार्यालयले जनाएको छ ।
उनका अनुसार कालोपत्रे सम्पन्न नहुँदासम्म यातायात आवागमन बन्द गरिनेछ । निर्माण सम्पन्न नहुँदै हेटौँडा–काठमाडौँ आवतजावत गर्ने टाटा सुमोलगायतका साधन आवागमन गर्न थालेपछि तोकिएको समय सीमाभित्र सम्पन्न गर्नुपर्ने आयोजना निर्माण कार्यमा अवरोध सिर्जना भएकाले सडक कालोपत्रे नभएसम्मका लागि आवागमन बन्द गरिएको जारी सूचनामा उल्लेख छ ।