काठमाडौं, १८ चैत । प्रतिनिधिसभा बैठकमा ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक २०८० प्रस्तुत भएको छ । आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधेयक स्वीकृत भएको छ ।
विधेयक प्रस्तुत गर्दै मन्त्री पुनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विकसित वित्तीय प्रणाली, वित्तीय औजार, सुरक्षा र जोखिम समेतका आधारमा बैंक तथा वित्तीय संस्थाहरुको प्रभावकारी व्यवस्थापन एवं नियमन गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वातावरण तथा प्रविधिमा आएका परिवर्तनलाई प्रयोग गर्न विधेयक अघि बढाइएको उल्लेख गरेका छन् ।
साथै उनले प्रस्तुत गरेको ‘भन्सार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव पनि स्वीकृत भएको छ ।