काठमाडौं, १९ चैत । प्रस्तावित महालेखापरीक्षक तोयम रायाको संसदीय सुनुवाइ प्रक्रिया अघि बढेको छ । संसदीय सुनुवाइ समितिको आजको बैठकले रायासँग सम्बन्धित कुनै गुनासा वा उजुरी भएमा १० दिनभित्र समितिमा बुझाउन सर्वसाधारणलाई सूचना जारी गर्ने निर्णय गरेको हो ।
रायविरुद्ध १० दिनभित्र कुनै उजुरी वा गुनासो आए समितिमा छलफल हुने र नआए नियुक्तिसम्बन्धी निर्णय पारित हुने संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले बताए । राय हाल राष्ट्रिय तथ्यांक कार्यालय प्रमुख रहेका छन् ।
संवैधानिक परिषद्को आइतबारको बैठकले राष्ट्रिय तथ्याङ्क कार्यालयका प्रमुख तथ्याङ्क अधिकारी रायालाई उक्त पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो ।