काठमाडौं, १९ चैत । नेपालकी कराते खेलाडी एरिका गुरुङले युएस ओपन कराते च्याम्पियनसिपमा दुई पदक जितेकी छिन्।
उनले टेक्सासमा भएको च्याम्पियनसिपमा यू–२१ को ६८ केजी तौल समूहमा स्वर्ण जितेकी हुन् भने मुख्य प्रतिस्पर्धामा गरुङले रजत पदक जितेकी हुन् । यस्तै उनले यू–२१ को फाइनलमा क्यानडाकी खेलाडीलाई ९–० ले पराजित गरेकी छन् ।
यस्तै सिनियर इलिटको प्रतिस्पर्धामा भने एरिका फाइनलमा पराजित भइन्। उनले अमेरिकाकी खेलाडीसँग ३–२ को पराजय भोग्दा रजत जितिन ्।
एरिका १९ औँ एसियाली खेलकुदकी रजत पदक विजेता हुन् । उनले गत असोजमा चीनमा भएको एसियाली खेलकुदमा ऐतिहासिक रजत जितेकी थिइन् ।