काठमाडौं, १९ चैत । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६ दशमलव २६ अङ्कले घटेकोे छ । आज नेप्से परिसूचक ६ दशमलव २६ अङ्कले घटेर २ हजार १२ दशमलव ०७ को विन्दुमा बन्द भएको छ ।
आज ७२ लाख ९० हजार २ सय कित्ता शेयर ६३ हजार १५ पटक किनबेच हुँदा कुल २ अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३ सय ५ रुपैयाँको कारोबार भएको छ । सोमबार ३ सय १५ धितोपत्रको कारोबार हुँदा १ सय ५१ धितोपत्रको मूल्य बढको छ । त्यस्तै ८६ धितोपत्रको मूल्य घटेको छ भने ८ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये व्यापार समूह तथा होटल र टुरिजम समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ ।
यस्तै आज गुँरास लघुवित्त वित्तीय संस्था र माइ खोला हाइड्रोपावरको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै माहुली लघुवित्त वित्तीय संस्थाको ९.४४, तारागाँउ रिजेन्सी होटल लिमिटेडको ७.२५, ८.५ ५ प्रभु बैंक डिबेन्चरको ६.३४, डोल्टी पावर कम्पनीको ५.२१ र मनकामना इन्जिनियरिङ् हाइड्रोपावरको ४ दशमलव १४ प्रतिशतले शेयर मूल्य घटेको छ ।
सोमबार सरभर फल्स पावरको शेयर मूल्य ९ दशमलव ९८ प्रतिशतले घटेको छ र त्यस्तै हिमालयन हाइड्रोपावरको ६.२७, अपर लोहोर खाला हाइड्रोपावरको ६.१७, धौलागिरी लघुवित्त वित्तीय सहकारी संस्थाको ५.७३ र एनआइसी एसिया ग्रोथ फन्ड–२ को ३ दशमलव ५६ प्रतिशतले शेयर मुल्य घटेको छ ।