काठमाडौं, १९ चैत । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ जना ऋणीको धितो लिलामीका लागि सूचना प्रकाशन गरेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरूको धितो लिलामीको निमित्त सूचना प्रकाशित गरेको हो ।
संस्थाबाट कर्जा लिएर चुक्ता नगरेपछि बैंकले धितो लिलामीको १५ दिने सूचना निकाल्दै बोलपत्र आह्वान गरेको छ ।
धितोमा रहेको उल्लेखित सम्पत्तिहरू गोप्य सिलबन्दी बोलपत्रद्वारा खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघसंस्थाले कम्पनीले तोकेको सर्तमा रही कर्जा असुली विभाग बनेपामा आवेदन दिन आग्रह गरेको छ ।