काठमाडौं, २० चैत । नेपाली कांग्रेसको संसदीय बोर्ड र कार्य सम्पादन समितिको बैठक आज बस्दै छ । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन पार्टीको बैठक बस्न लागेको हो । संसदीय बोर्डको बैठक दिउँसो २ बजे र कार्य सम्पादन समितिको बैठक दिउँसो ३ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बस्न लागेको हो ।
संसदीय बोर्डको बैठकले गरेको निर्णय कार्य सम्पादन समितिको बैठकले अनुमोदन गर्ने छ ।
आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्यका लागि र बझाङको क्षेत्र नम्बर १ (१)मा सुदूरपश्चिम प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । इलाममा तत्कालीन एमालेका सांसद सुवास नेम्वाङको निधन भएको र बझाङमा तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधन भएकाले उपनिर्वाचन हुन लागेको हो ।