काठमाडौं, २० चैत । लामो समयदेखि रोकीएको साधारण सेयर (आइपीओ) अर्काे सातादेखि नेपाल धितोपत्र बोर्डले प्रकृया पुगेका कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिने भएको छ ।
बोर्डका निमित्त अध्यक्ष तथा कार्यकारी निर्देशक डा. नवराज अधिकारी अबको केही दिनबाट आवश्यक कागजात पुरा गरेका कम्पनीलाई सन्चालक बोर्डले पास गरेपछि सेयर निष्कासन गर्न दिने बताए ।
केही दिनअघी अर्थमन्त्री बर्षमान पुनले आईपीओ निष्कासन प्रकृया अघी बढाउन निर्देशन दिएको र त्यही अनुसार काम अघी बढाएकोले अर्को साताबाट आवश्यक प्रकृया अघी बढ्ने उनको भनाइ छ ।
अर्थमन्त्री पुनले बोर्डको पाइपलाइनमा रहेका कम्पनीलाई स्वीकृति दिन निर्देशन दिएका छन् । अहिले ३५ वटा कम्पनी आईपीओ निष्काशनको प्रकृयामा छन् । बोर्डको पाइपलाइनमा रहेका अधिकांश कम्पनी जलविद्युत क्षेत्रका हुन् ।