काठमाडौं, २० चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्स)े परिसूचक सामान्य अङ्कले घटेको छ । आज नेप्से परिसूचक १ दशमलव ८५ अङ्कले घटेर २ हजार १० दशमलव २१ को विन्दुमा बन्द भएको छ ।
आज ६१ लाख ३१ हजार ६ सय २१ कित्ता शेयर ४६ हजार २ सय ३५ पटक किनबेच हुँदा कुल २ अर्ब २९ करोड १६ लाख ४५ हजार ५ सय ८५ रुपैयाँको कारोबार भएको छ । मंगलबार ३ सय १२ धितोपत्रको कारोबार हुँदा १ सय २७ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै १ सय ९ धितोपत्रको मूल्य बढेको छ भने ८ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक घटेको छ । त्यस्तै ६ वटा समूहको उपसूचक बढेकोे छ ।
आज सबै भन्दा बढी गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बढेको छ । गूँरास लघुवित्तको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । त्यस्तै गणपती लघुवित्त वित्तीय संस्था लिमिटेको ९.९५, उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको ८.६४, वीन नेपाल लघुवित्तीय संस्था लिमिटेडको ६.९४, स्वाभिमान लघुवित्त वित्तीय संस्थाको ६.५०, किसान लघुवित्तीय संस्थाको ६.१९, जनउत्थान सामुदायिक लघुवित्तको ६.११, पीपुल्स पावरको ६.०७ र नेस्डो समृद्ध लघुवित्तको ५ दशमलव ०८ प्रतिशतले शेयर मूल्य बढेको छ ।
मंगलबार ज्योती विकास बैंक बोन्ड २०८७ को शेयर मूल्य ७ दशमलव ५० प्रतिशतले घटेको छ । त्यस्तै मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.२८, तारागाँउ रिजेन्सी होटलको ४.९४, माया खोला हाइड्रोपावर कम्पनीको ४.२६ र चिख्र्वा हाइड्रोपावरको ४ दशमलव १९ प्रतिशतले शेयर मूल्य घटेको छ ।