काठमाडौं, २१ चैत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् ।
बुधबार पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।
गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि पाण्डे अल्पमतमा परेका थिए । मुख्यमन्त्री पाण्डेले २२ गते संसद्मा विश्वासको मत लिनुपर्ने भए पनि विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएका हुन् । उनले राजिनामा दिएर मार्ग प्रशस्त गर्ने र ठूलो दलको हैसियतमा फेरि मुख्यमन्त्री हुने रणनीतिसमेत अपनाएका छन् ।