काठमाडौं, २१ चैत । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने विषय कायमै राखेको छ । बुधबार प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरण संसदीय छानबिन समिति बनाउनुपर्ने कुरा दोहो¥याएका उन् । उनले सभामुखको ध्यानाकर्षण गराउदै संसदीय छानबिन समितिबाट आफूलाई निर्दोष साबित गर्ने हक गृहमन्त्रीलाई रहेकोे बताए ।
उनले भने, ‘प्रधानमन्त्री र केही सांसदले उहाँ निर्दोष हुनुहुन्छ भन्नुभयो । अकबर र बीरबलको कथामा चोरको दारीमा सिन्को भनिसक्दा हत्त न पत्त दारी छामेजस्तो किन गर्नुभएको हो, प्रधानमन्त्रीदेखि अरूहरूले किन हो मैले बुझ्न सकिन । गृहमन्त्रीजीलाई पनि त्यहाँ रोष्टममा उभिएर ठूलो स्वरमा भन्न मन छ कि म निर्दोष छु । संयोगवश दारी पाल्नुभएको छ, दारी छाम्न हतार नगर्नुस् । को दोषी को निर्दोष भनेर न रोष्टमबाट न फ्लोरबाट यहाँबाट यो छुट्ट्याउने विधि हैन, पद्धतिमा यो कहिँपनि उल्लेख छैन । हामी चाहन्छौँ संसदीय छानबिन समिति बनाएर गृहमन्त्रीलाई निर्दोष हुन पाउने जुन हक छ त्यो उपयोग गर्न उहाँलाई दिऊँ ।’