काठमाडौं, २१ चैत कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले कृषिमा आधुनिकीकरण गर्ने गरी सरकारले कृषि नीति बनाइरहेको बताएकी छन् । बुधबार काठमाडौंमा आयोजित भएको मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालमा मकै धानपछिको दोस्रो धेरै उत्पादन हुने बालीको रूपमा रहेको बताइन् ।
यस्तै साहले मकैलाई प्रोत्साहन हुने गरी र वास्तविक किसानहरुलाई पहिचान दिने, उत्साहित गराउने र सहानुभूति दिने गरी कृषिमा आधुनिकीकरण गर्ने योजना सरकारको रहेको बताइन् । पछिललोसमय नेपालमा मकैको उत्पादन घटेको उनको भनाई छ ।
यस्तै साहले सरकारले बनाइरहेको कृषि नीतिमा कृषि बालीहरूलाई प्रोत्साहन दिने गरी कार्यक्रमहरू ल्याउने र मकैलाई बढावा दिने गरी नीति निर्माण गरिरहेको बताइन् । उनले नेपाललाई मकैमा आत्मनिर्भर बनाउने गरी कार्यक्रम अघि बढाइने बताइन् ।
मन्त्री साहले मकै अहिले ९ लाख ८५ हजार हेक्टरमा उत्पादन भइरहेको जानकारी दिईन् । साथै उनले कृषि उत्पादनको बजारीकरणका लागि निजीक्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आवश्यक रहेको बताइन् ।