काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले गृहमन्त्रीलाई संसदमा जवाफ दिन नदिएर कांग्रेसले गलत गरेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभामा उपप्रधानमन्त्री तथा गृहमन्त्रीमाथि लागेका आरोप र उठेका प्रश्नबारे जवाफ दिन नपाउनुले कांग्रेसको व्यवहार असहिष्णु र अनुदारवादी देखिएको बताएका हुन् ।
आरोप लाग्नासाथ राजीनामा दिनुपर्ने र संसदीय छानबिन समिति गठन गर्ने नियम बनाउन कांग्रेस तयार हो भनी उनले प्रश्न गरेका छन् । उनले भने, ‘संसदीय छानबिन गर्न आपत्ति होइन, कस्तो नजिर स्थापना गर्न गइरहेका छौं भन्ने हामीले विचार गर्नुपर्ने हुन्छ’, र्वदलीय सहमति गरौं, आरोप लाग्नासाथ सबले राजीनामा गरौं, मन्त्रीले मात्र होइन, सांसदले पनि राजीनामा गरौं, आरोप लाग्यो, जाहेरी प¥यो भने राजीनामा दिने र संसदीय समिति गठन गर्ने यो नजीर स्थापना गर्न तयार हो ?’
उक्त सर्वदलीय सहमति गर्ने हो भने रास्वपाले पनि हस्ताक्षर गर्ने उपसभापति वाग्लेले बताए ।
विगतमा कांग्रेसका मन्त्रीमाथि बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा प्रश्न उठ्दा राष्ट्रिय स्वतन्त्र पार्टीले राजीनामा नमागेको र उनको जवाफ सुन्न तयार भएको उनको भनाई बताए ।