काठमाडौं, २२ चैत । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९÷८० का लागि कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
उक्त बैठकले लेखापरीक्षण प्रतिवेदन माथि छलफल गर्दै पारित गरेको छ ।
यससँगै बैठकले लेखा परीक्षकवाट प्रमाणित लेखापरीक्षण प्रतिवेदनमा भएका आर्थिक वर्ष २०७९÷०८० को वासलात, नाफा नोक्शान हिसाव, नगद प्रवाह विवरण र सो सँग सम्वन्धित अनुसुचीहरु सहित वित्तीय विवरणहरु संस्थाको ५ औं वार्षिक साधारण सभा प्रयोजनको लागि प्रकाशन गर्न स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक र लघुवित्त संस्था सुपरिवेक्षण विभागलाई अनुरोध गर्ने निर्णय गरेको छ ।