काठमाडौं, २२ चैत । आज साताको कारोबारको अन्तिम दिन पनि नेपाल स्टक एक्सचेन्ज (नेप्स)े परिसूचक २ दशमलव ७३ अङ्कले घटेको छ । बिहिबार नेप्से परिसूचक २ दशमलव ७३ अङ्कले घटेर २ हजार ४ दशमलव ०५ को विन्दुमा बन्द भएको छ ।
आज ७९ लाख ६३ हजार ३ सय ५९ कित्ता शेयर ५६ हजार ३ सय २१ पटक किनबेच हुँदा कुल ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३ सय ७ रुपैयाँको कारोबार भएको छ । आज ३ सय २ धितोपत्रको कारोबार हुँदा १ सय २८ धितोपत्रको मूल्य घछटेको छ । त्यस्तै १०६ धितोपत्रको मूल्य बढेकोे छ भने ११ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये ७ वटा समूहको उपसूचक घटेको छ भने तिन वटा समूहको उपसूचक बढेकोे छ ।
बिहिबार मानुषी लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मनकामना स्मार्ट लघुवित्तीय संस्थको शेयर मूल्य ९.९९, गुराँस लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा ९.९७, तारागाँउ रिजेन्सी होटलको ९.९०, वीन नेपाल लघुवित्त वित्तीय संस्थाको ९.२१, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको ८.२६, माहुली लघुवित्त वित्तीय सैंस्थाको ६.९१, जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको ६.७२ र सीवाइसी नेपाल लघुवित्तीय संस्थाको शेयर मूल्य ६ दशमलव ६९ प्रतिशतले बढेको छ ।
आज पीपुल्स पावर लिमिटेडको ९ दशमलव ०५ प्रतिशतले शेयर मूल्य घटेको छ । त्यस्तै सर्वाेत्तम सिमेन्टको ५.८५, रिभर फल्स पावरको ४.०९, इन्जिनियरिङ् नेपाल लिमिटेडको ३.४६, तेह्रथुम पावर कम्पनीको ३.३१, प्रभु स्मार्ट फन्डको ३ दशमलव ११ र स्वाभिमान वित्तीय संस्थाको ३ प्रतिशतले शेयर मूल्य घटेको छ ।