काठमाडौं, २५ चैत । थ्रीस्टार हाईड्रो पावरको वार्षिक साधारणसभा आह्वान गरिएको छ । कम्पनी सञ्चालक समितिको चैत २३ गते बसेको बैठकले आगामी वैशाख २३ गते बस्ने गरी साधारणसभा आह्वान गरिएको हो ।
उक्त सभाले हकप्रद सेयर निष्कासन गर्ने, उपयुक्त नयाँ आयोजनाको पहिचान गरी लगानी गर्ने तथा निर्माणाधीन आयोजनामा थप लगानी गर्ने, सर्वसाधारण सेयरधनी समूह (ख) का दुई जना सञ्चालकको निर्वाचन गर्नेलगायत प्रस्ताव पारित गर्नेछ ।
कम्पनीका अनुसार सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरू पारित गरिने छ । सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा लेखापरीक्षकको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीले वार्षिक साधारण सभा प्रयोजनका लागि आगामी वैशाख ७ गतेका दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।