काठमाडौं, २५ चैत । साताको कारोबारको सुरुवातको दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २२ दशमलव ७५ अङ्कले बढेको छ । आज नेप्से परिसूचक २२ दशमलव ७५ अङ्कले बढेर २ हजार २६ दशमलव ८१ को विन्दुमा बन्द भएको छ ।
आइतबार १ करोड १२ लाख १० हजवार १०२ कित्ता शेयर ६४ हजार २ सय २१ पटक किनबेच हुँदा कुल ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३ सय ३३ रुपैयाँको कारोबार भएको छ । आज ३ सय ११ धितोपत्रको कारोबार हुँदा १ सय ९० धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ४८ धितोपत्रको मूल्य घटेको छ भने ७ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये होटल एन्ड ट्ुरिजम तथा व्यापार समूहको बाहेक सबै समूहको उपसूचक बढेको छ ।
आइतबार नेपाल फाइनान्स लिमिटेड, पोखरा फाइनान्स लिमिटेड, जानकी फाइनान्स कम्पनी र गुँरास लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सकिृट लागेको छ । त्यस्तै मानुषी लघुवित्त वित्तीय संस्थाको ९.९९, वीन नेपाल लघुवित्त वित्तीय संस्थाको ९.७४, डोल्टी पावर कम्पनीको ९.५५, सविको लघुवित्त वित्तीय संस्थको ९.०२, उन्नती सहकारी लघुवित्तीय संस्थाको ८.४५, एनआइसी एसिया सेलेक्ट फन्ड ३० को ७.९९ र बुद्ध भुमी नेपाल हाइड्रोपावरको ७.६३ प्रतिशतले शेयर मुल्य बढेको छ ।
यस्ते आज तारागाँउ रिजेन्सी होटलको शेयमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै कालिका लघुवित्त वित्तीय संस्थाको ४.३५, ग्लोबल आइएमई ब्यालेन्स फन्डको ३.१०, सूर्य ज्योती लाइफ इन्स्योरेन्सको २.७६, गणपती लघुवित्त वित्तीय संस्था लिमिटेडको २.५४ र रुरु जलविद्युत परियोजनाको २.५२ प्रतिशतले शेयर मूल्य घटेको छ ।