काठमाडौं, २६ चैत । नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय छानबिन समिति ‘बटमलाइन’ बनाउने भएको छ ।
सोमबार बिहान बसेको कांग्रेस पदाधिकारीको बैठकले छानबिन समितिबाट नहट्ने निर्णय लिएको महामन्त्री गगन थापाले जानकारी दिए । संसदीय छानबिन समितिका विषयमा शीर्ष तहको बैठकमा सबै एकमत रहेको थापाले बताए ।
कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले चार शिर्ष दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन् । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने भएका छन् ।