काठमाडौं, २६ चैत । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले काँग्रेस उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउनुपर्ने मागबाट पछि नहटेको बताएका छन् ।
सामेबार काठमाडौंमा आयोजित कार्यक्रममा पौडेलले सहकारी प्रकरणमा निर्दोष भए संसदीय छानबिन समिति गठन गर्न किन तयार नभएको भन्दै प्रश्न गरे । उनले भने, ‘छानबिनका लागि निर्दोष छु भन्नेहरु किन तयार नहुनुभएको त ? निर्दोष भए त झनै छानबिन गरेर निर्दोष सावित हुनु राम्रो हुन्छ ।’ यस्तै उनले दोषी नभएको अवस्थामा छानबिन समिति बनाउन किन अफ्ठ्यारो भन्ने प्रश्र गरे ।
सांसद पौडेलले सरकारको संयन्त्र विश्वसनीय नभएकै कारण यसअघिका प्रकरणहरुमा पनि संसदीय छानबिन समितिहरु बन्ने गरेको स्मरण गराए ।
उनले सरकारले सुशासन कायम गर्न सुशासनका सबै मान्यतालाई अंगीकार गर्नुपर्ने भन्दै भ्रष्टाचार अन्त्य गर्न र सुशासन कायम गर्न आजसम्म भएका अनियमितताको छानबिन अपरिहार्य भएको बताए।
उनले भने, ‘कुनै पनि घटना विशेषको तथ्य सत्य के हो भन्ने कुरा खोजिनुपर्छ । प्रश्न उठ्दैमा आरोपहरू लाग्दैमा कोही दोषी हुन्छ भन्ने होइन । तर आरोप लागिसकेपछि त्यसको छानबिन गर्ने, सत्य तथ्य बाहिर ल्याउने काम सरकारको हो । सरकारले सुशासन कायम गर्ने हो भने सुशासनका सबै मान्यतालाई अंगीकार गरेको हुनुपर्छ ।’