काठमाडौं,२६ चैत । कामना सेवा विकास बैंकले वित्तीय साक्षरता सन्देशमूलक भिडियो सिरिज ‘केएसबीबीएलः फाइनान्सियल फुटस्टेप्स्’को टिजर भिडियो सार्वजनिक गरेको छ । नयाँ वर्षको अवसरमा उक्त सन्देशमूलक भिडियो श्रृङ्खला सार्वजनिक गरिने बैंकले जनाएको छ ।
उक्त भिडियोमा १३ वटा श्रृङ्खला छन् । भिडियोको प्रत्येक एपिसोडले वित्तीय योजनाका विभिन्न पक्षहरुमा जीवनको आवश्यकता र चाहना, बजेट, बचत, लगानी र ऋण व्यवस्थापनको महत्वलाई प्रस्तुत गरिएको छ ।
भिडियो श्रृङ्खलाको उद्धेश्य आकर्षक कथा–कथनमार्फत वित्तीय साक्षरता र योजनाको महत्व झल्काउने बैंकले जनाएको छ । सो भिडियो सिरिज प्रत्येक हप्ताको आईतबार बैंकको सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने बैंकले जनाएको छ ।
बैंकले बचत, ऋण तथा बैंकिङ कारोवार सम्बन्धी यस्ता वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आइरहेको छ ।