काठमाडौं, २७ चैत । प्रभु बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले २२ औँ वार्षिक साधारण सभा आह्वान गरेको हो । बैठकले आगामी वैशाख २० गते बिहिबारका दिन काठमाण्डौको बबरमहलमा रहेको बैंकको केन्द्रीय कार्यालयमा सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा आर्थिक वर्ष २०७९÷८० को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै सभामा लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९÷८० को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसूचीहरु पारित गरिनेछ ।
यस्तै सभाले चालु आव २०८०÷८१ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव तथा सञ्चालकहरुको नियुक्ती अनुमोदन तथा जानकारी सम्बन्धमा प्रस्ताव पारित गर्नेछ । साथै सभामा बैंकको सहायक कम्पनी प्रभु क्यापिटल र प्रभु स्टक मार्केट लिमिटेडको गत आव २०७९÷८० को वित्तीय विवरणसहितको एकीकृत वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले वैशाख ४ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।