काठमाडौं, २७ चैत ।काठमाडौंको चन्द्रागिरी नगरपालिका सतुङगलस्थित सशस्त्र प्रहरी बलको गोदाम घर (स्टोर) मा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन गरिएको छ । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशिराज दाहालको नेतृत्वमा नौ सदस्यीय छानबिन समिति गठन गरिएको सशस्त्र प्रहरीका प्रवक्ता एवं सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काले जानकारी दिए ।
हालको प्रारम्भिक अनुसन्धानअनुसार विद्युत् चुहावट भएर आगलागी भएको आँकलन गरिएको प्रवक्ता उनको भनाई छ ।
आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेत घटनास्थलमा पुगेर आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका थिए ।