काठमाडौं, २७ चैत । भारतको उत्तराखण्डस्थित नैनीताल जिल्लाको बेतालघाट नजिक सवारी दुर्घटना हुँदा ७ नेपालीसहित ८ जनाको मृत्यु भएको छ । यस्तै दुर्घटनामा अन्य दुई जना नेपाली घाइते भएका छन् ।
भारतीय मिडिया टाइम्स अफ इण्डियाका अनुसार मृतक नेपालीहरु कञ्चनपुरको महेन्द्रनगर निवासी हुन् । उनीहरु घर फर्किंदै गर्दा दुर्घटनामा परेका थिए ।
त्यस्तै भारतको हिन्दुस्तान टाइम्सका अनुसार सोमबार राति भएको दुर्घटनामा सात जना नेपाली र एक जना चालक सहित आठ जनाको मृत्यु भएको छ । भारतको बेतालघाटको उँचाकोट भन्ने गाउँमा जलजीवन परियोजनाका काम गर्ने कामदारहरु रहेको समाचारमा उल्लेख छ ।