काठमाडौं, २७ चैत । मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ९ दशमलव १९ अङ्कले बढेको छ । आज नेप्से परिसूचक ९ दशमलव १९ अङ्कले बढेर २ हजार ३६ दशमलव ०१ को विन्दुमा बन्द भएको छ ।
मंगलबार ९७ लाख ८९ हजार ४ सय १६ कित्ता शेयर किनबेच हुँदा कुल ४ अर्ब १४ करोड ३७ लाख ८३ हजार ९ सय ८९ रुपैयाँको कारोबार भएको छ । आज ३ सय १५ धितोपत्रको कारोबार हुँदा १ सय ५० धितोपत्रको मूल्य बढेको छ । त्यस्तै ८६ धितोपत्रको मूल्य घटेको छ भने ९ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये १० वटा समूहको उपसूचक बढेको छ भने ३ वटा समूहको उपसूचक घटेको छ । आज सबैभन्दा धेरै फाइनान्स समूहको निर्जीवन बीमा समूहको १ प्रतिशत, हाइड्रोपावरको ०.७६, लगानी समूहको ०.६९, विकास बैंकको ०.६७, म्युचुअल फन्डको ०.५०, जीवन बीमाको ०.४९, व्यापार समूहको ०.४०, बैंकिङ समूहको ०.३२ र अन्य समूहको उपसूचक २ दशमलव ४२ प्रतिशतले बढेको छ ।
यस्तै आज उत्पादन समूहको उपसूचक १ दशमलव ४६ प्रतिशतले घटेको छ । त्यस्तै लभुवित्त समूहको १. १४ र होटल एन्ड टुरिजम समूहको उपसूचक ० दशमलव ६८ प्रतिशतले घटेको छ ।
मंगलबार जानकी फाइनान्स कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै नेपाल फाइनान्स लिमिटेड र पोखरा फाइनान्स लिमिटेडको ९.९९, इन्जिनियरिङ नेपाल लिमिटेडको ८.४५ प्रभु स्मार्ट फन्डको ८.३०, उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाको ७.७४, डोलटी पावर कम्पनीको ७।३७, ग्लोबल आइएमई ब्यालेन्स फन्ड १ को ६.८८, सिवाइसी नेपाल लघुवित्तीय संस्थाको ६.५६ र थ्री स्टार हाइड्रोपावरको ६ दशमलव ३६ प्रतिशतले शेयर मूल्य घटेको छ ।
यस्तै आज वीन नेपाल लघुवित्तीय संस्थाको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । मंगलबार माहुली लघुवित्त वित्तीय संस्थाको ५.३३, सविको लघुवित्त वित्तीय संस्था तथा समता घरेलु लघुवित्त वित्तीय संस्थाको ४.४२, बुद्ध भुमी नेपाल हाइड्रोपावरको ३.९६ र बोतलर्स नेपाल (बालाजु) लिमिटेडको ३ दशमलव ९५ प्रतिशतले शेयर मूल्य घटेको छ ।