काठमाडौं, २८ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्ने तय भएको विषय (एजेन्डा) कार्यसूचीबाट हटाइएको छ ।
यही चैत २ गते गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दल सम्बन्धी विधेयकमाथि बिचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची थियो । उक्त कार्यसूचीमा सभामुख देवराज घिमिरे अगाडि बढेपछि चैत २ गतेको बैठकमा कांग्रेसका सांसदहरुले वेल घेराउ गर्दै नाराबाजी गरेका थिए ।
त्यसपश्चात स्थगित भएको प्रतिनिधि सभाको बैठकमा उक्त कार्यसूची राखिएको थिएन । चैत २७ गते मंगलबार फेरि गृहमन्त्रीले प्रतिनिधि सभामा राजनीतिक दलसम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तव प्रस्तुत गर्ने कार्यसूची तय भए पनि प्रतिनिधि सभाको बैठकमा उक्त कार्यसूचीमा प्रवेश गर्न सकेन ।