काठमाडौं, २८ चैत । काठमाडौं उपत्यकाको वायु आज विश्वका वायु प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा परेको छ ।
विश्वभरको वायु प्रदूषणको रेकर्ड गर्ने आईक्यूएयरका अनुसार विश्वका वायु प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा आज काठमाडौं उपत्यका रहेको छ । आईक्यूएयरका अनुसार अहिले काठमाडौँ उपत्यकाको वायु गुणस्तर सूचकांक (एक्यूआई) २६५ ।
यस्तै भारतको नयाँ डिल्ली १८८ एक्यूआईसहित वायु प्रदुषित सहरको दोस्रो नम्बरमा छ । त्यस्तै बंगलादेशको ढाका १८१ एक्यूआईसहित तेस्रो नम्बरमा छ भने १६७ एक्यूआईसहित पाकिस्तानको लाहोर चौथो नम्बरमा रहेको छ ।
आईक्यूएयरका अनुसार २ सय १ देखि ३ सयसम्मको एक्यूआईलाई अति अस्वस्थरक वायु मानिन्छ भने ३ सय १ देखि ४ सयसम्मको एक्यूआईलाई खतरनाक र ४ सय १ देखि ४ सय ५० सम्मलाई अति खतरा मानिन्छ ।