काठमाडौं, २८ चैत । नोबेल पुरस्कार विजेता बेलायत वैज्ञानिक पिटर हिग्सको निधन भएको छ । एडिनबर्ग विश्वविद्यालयका अनुसार हिग्सको ९४ वर्षको उमेरमा ८ अप्रिलमा निधन भएको हो । । हिग्सले ५० वर्षसम्म एडिनबर्ग विश्वविद्यालयमा अध्यापन गराएका थिए ।
उनी ‘गड पार्टिकल’ खोजीमा परिचित थिए । जसले बिग ब्याङ पछि ब्रह्माण्डको सृष्टि कसरी भयो भन्ने बुझाउन मद्दत गरेको थियो । सन् २०१३ मा हिग्स–बोसन सिद्धान्तको लागि उनले बेल्जियमका फ्रान्कोइस एङलर्टको साथमा भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
सन् १९६० को दशकमा हिग्स र अन्य भौतिकशास्त्रीहरूले ब्रह्माण्ड कुन चिजले बनेको छ भनेर बुझाउने प्रयास गर्नुका साथै भौतिकशास्त्रको आधारभूत प्रश्नको उत्तरसमेत खोजेका थिए ।सन् २०१२ मा वैज्ञानिकहरूले यसलाई हिग्स बोसन नाम दिएका थिए ।