काठमाडौं, २८ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको छ । बुधबार प्रतनिधि सभामा आकस्मिक समय लिएर राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले संसदीय छानबिन समिति गठनको माग गरका हुन् ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारीको रकम हिनामिनाबारे छानबिनको माग गत फागुन २४ गतेदेखि गर्दै आएको छ । यही बेला राप्रपाले पनि सहरकारीबारे संसदीय छानबिन समिति गठनको माग गरेको हो ।