काठमाडौं, २८ चैत । नेकपा एकीकृत समाजवादी पार्टीले सहकारीबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको मागलाइ ध्यान दिन सरकारलाई आग्रह गरेको छ । बुधबार प्रतिनिधि सभामा आकस्मिक समय लिएर एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका सांसद राजेन्द्र पाण्डेले सो आग्रह गरेका हुन् ।
उनले भने, ‘प्रमुख प्रतिपक्षको मागलाई ध्यान दिएर सार्थक बार्ता गरी संसदको यो गतिरोध अन्त्य गर्न म सभामुख मार्फत सरकारलाई ध्यानाकर्षण गारउन चाहन्छु ।’
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले गत फागुन २४ गतेदेखि सहकारीको रकम हिनामिनाबारे उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको भन्दै छानबिनको माग गर्दै आएको छ ।