काठमाडौं, २८ चैत । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १० दशमलव ७१ अङ्कले घटेको छ । आज नेप्से परिसूचक १० दशमलव ७१ अङ्कले घटेर २ हजार २५ दशमलव ३० को विन्दुमा बन्द भएको छ ।
बुधबार ९७ लाख ८६ लाख ९६ हजार ९ सय १८ कित्ता शेयर ६१ हजार ४सय २० पटक किनबेच हुँदा कुल ३ अर्ब ४८ करोड ५६ लाख ६० हजार ६ सय ४० रुपैयाँको कारोबार भएको छ । आज ३ सय ८ धितोपत्रको कारोबार हुँदा १ सय ७६ धितोपत्रको मूल्य घटेको छ । त्यस्तै ६८ धितोपत्रको मूल्य बढेको छ भने ६ धितोपत्रको मूल्य स्थिर छ ।
यस्तै कारोबार भएका १३ समूहको उपसूचकमध्ये उत्पादनमुलक र व्यापार समूहको बाहेक सबै समूहको उपसूचक घटेको छ । आज फाइनान्स समूहको उपसुचक सबैभन्दा धेरै २ दशमलव ५० प्रतिशतले घटेको छ । फाइनान्स पछि होटल एन्ड टुरिजम समूहको उपसूचक १.६७ प्रतिशतले घटेको छ । त्यस्तै विकास बैंक र जीवन बीमा समूहको समान १.२५, लघुवित्त समूहको १.१५, निर्जीवन बीमाको १.०४, म्युचुअल फन्डको ०.७३, लगानी समूहको ०.४०, हाइड्रोपावरको ०.०४, बैंकिङ समूहको ०.०३ र अन्य समूहको उपसूचक ० दशमलव ४४ प्रतिशतले घटेको छ ।
आज व्यापार समूहको उपसूचक १ दशमलव ४६ प्रतिशतले बढेको छ भने उत्पादनमुलक समूहको उपसूचक ०.१३ प्रतिशतले बढेको छ ।
यस्तै बुधबार माण्डु हाइड्रोपावरको शेयर मूल्य ९ दशमलव ६९ प्रतिशतले बढेको छ । त्यस्तै खानीखोला हाइड्रोपावरको ८.२६, गुँरास लघुवित्त वित्तीय संस्था लिमिटेडको ७.७३, पीपुल्स पावर लिमिटेडको ६.८३, पोखरा फाइनान्सको ६.६२, सिदार्थ इन्भेष्टमेन्ट ग्रोथ सेचमी–३ को ६.४० र सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ६ दशमलव १४ प्रतिशतले शेयर मूल्य बढेको छ ।
आज सिंगटी हाइड्रो इनर्जी लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै वीन नेपाल लघुवित्त वित्तीय संस्थाको ९ दशमलव ८३, एनआइसी एसिया सेलेक्ट फन्ड–३० को ६.४३, मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको ५.६८, सबैको लघुवित्त वित्तीय संस्थाको ५.५० र प्रभु स्मार्ट फन्डको ५ दशमलव ४६ प्रतिशतले शेयर मूल्य घटेको छ ।