काठमाडौं, २९ चैत । दक्षिण कोरियाको संसदीय चुनावमा विपक्षी गठबन्धन विजयी भएको छ ।
बुधबार ३०० सिटका लागि भएको निर्वाचनमा विपक्षी नेता ली जे–म्युङ्ग नेतृत्वको डेमोक्रेटिक पार्टी (डीपी)सहितको गठबन्धनले १७५ सिट जितेको छ । त्यस्तै राष्ट्रपति यु सुक येओलको पिपुल पावर पार्टी (पीपीपी)ले १०९ सिट जितेको छ ।
दक्षिण कोरियामा बुधबार भएको निर्वाचनमा ३२ वर्षयताको सबैभन्दा धेरै ६७ प्रतिशत भोट खसेको थियो । विपक्षी पार्टीले सबैभन्दा धेरै सिट जिते पनि एकल बहुमत हासिल गर्न भने सकेको छैन ।